पत्रकार महासंघले भन्यो, ‘कटौती भएको तलब, सुविधासमेत पत्रकारको तलब १७ गते भित्र दिनू’

काठमाडौँ– नेपाल पत्रकार महासंघले पत्रकारको तलब सुविधा समयमा नदिने सञ्चार गृहहरूलाई असोज १७ गतेभित्र तलबसुविधा दिन आग्रह गरेको छ ।
महासंघको श्रम समितिको आज बसेको बैठकले रेडियो सगरमाथा, अन्नपूर्ण पोष्ट र नागरिक दैनिकमा कार्यरत पत्रकारहरूको तलब समयमा नदिएको, तलब सुविधा कटौती गरेको भन्दै सञ्चारगृहहरूले आफैंले अग्रसरता लिई पत्रकारहरूको तलब सुविधा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।
महासंघले दिएको समयसीमाभित्र पत्रकारको तलब सुविधा नदिए धर्ना, घेराऊ र कानुनी उपचार एकसाथ खोजी गर्ने बताएको छ ।

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

प्रतिक्रिया