एपेक्स घोटाला प्रकरणमा मुछिएका १२ जना सम्पर्कविहीन, थप ७ दिने अल्टिमेटम

काठमाडौं : तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्ब रुपैयाँभन्दा बढी घोटालामा मुछिएका १२ जना सम्पर्कविहीन भएका छन् । गत मंसिर २४ मा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आयोगमा उपस्थित हुन उनीहरूका नाममा सात दिने अल्टिमेटमसहित पत्र काटेको थियो ।
तर, सात दिन बित्दा पनि उनीहरू आयोगको सम्पर्कमा नआएको आयोगले जानकारी दिएको छ । दिइएको समयावधिमा उनीहरू उपस्थित नभएपछि अख्तियारले पुन: सात दिनभित्र उपस्थितिका लागि पत्राचार गरेको छ । दोस्रो पटकमा पनि सम्पर्कमा नआए कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत आयोगले दिएको छ ।
सुरुवातमा सम्बन्धित पक्षसँग बुझ्न उनीहरूको घर ठेगानामा सूचना पठाउँदा बेपत्ते तामेल भएको थियो । त्यसपछि सात दिने सार्वजनिक सूचना जारी गरी आयोगमा उपस्थित हुन भनिएको थियो । तर सात दिनभित्र पनि उनीहरू उपस्थित नभएपछि अख्तियारले फेरि पत्राचार गरेको हो ।
सम्पर्कविहीन हुनेमा तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका कर्मचारी सहायक महाप्रबन्धक प्रदीप बहादुर कर्माचार्य, सञ्चालक प्रतिनिधि साधारण सेयरधनी सदस्य सञ्चालक भरतकाजी श्रेष्ठ, बादशाह फुडल्याण्ड प्रा.लि.का सञ्चालक ऋषिस्वर थपिलया, एन.बि.डि.एस. सुपर मार्ट प्रा.लि.का सञ्चालक अनोज श्रेष्ठ, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, हजुरको हार्ड वेयर पसलका सञ्चालक ऋणी मुकुन्द प्रसाद पराजुली छन् ।
त्यस्तै तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका स्वतन्त्र मूल्यांकनकर्ता, सिटी इन्जिनियरिङ्ग कन्सलटेन्सीका सञ्चालक नरेश स्वाँर, तत्कालीन एपेक्स डेभलपमेण्ट बैंकका सहायक अधिकृत पदमा कार्यरत सन्तोष धिताल, राम शाह बहुमुखी व्यापार कम्पनी प्रा.लि. का सञ्चालक राम बहादुर शाहलाई अख्तियारमा हाजिर हुन भनिएको छ ।
तत्कालीन रोयल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लि.का कर्मचारी देवराज ढुंगाना, रोशन इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर कोमानन्द अधिकारी, पञ्चकन्या सप्लायर्सका सञ्चालक नरेश दाहाललाई आयोगले बोलाएको हो ।
याे पनि : डेढ अर्बको एपेक्स घोटाला प्रकरणमा अख्तियारले १२ जना तान्यो

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया