सनराइज बैंकको 'पे रोल लोन' सुविधा

काठमाडौँ - सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज 'पे रोल लोन' योजना ल्याएको छ ।
यस योजना अन्तर्गत सनराइज बैंकमा सनराइज 'पे रोल सेभिङ अकाउन्ट' भएका कुनै पनि ग्राहकहरुले बिना धितो १५ लाख सम्मको कर्जा लिन सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको (ओभरड्राफ्ट) र १० लाख सम्मको टर्म लोन गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्ने बैंकले जनाएको छ ।
कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । साथै सन्राइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा ए.टि.एम र ९१ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

प्रतिक्रिया