३४ लाखको कपडा बोकेको भारतीय ट्याक्टर नियन्त्रणमा, राजस्वले थाल्यो अनुसन्धान

विराटनगर - दशैं तिहारको मुखैमा सशस्त्र प्रहरीले ३४ लाख मुल्य बराबरका शंकास्पद कपडा बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ । भिसिटिएस (भेहिकल्स कन्साइन्मेनट एण्ड ट्रयाकिङ सिस्टम) मा मालवस्तु र गाडीको विवरण उल्लेख नगरी कपडा लोड गरेर ल्याइएको ट्याक्टर सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) विराटनगरले नियन्त्रणमा लिएको हो ।
विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट ट्याक्टरमा लोड गरिएको कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए । नियन्त्रणमा लिएको कपडासहितको ट्याक्टर इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जानकारी दिए ।
बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टरमा लोड गरिएको ३४ लाखको लत्ताकपडा र ट्याक्टर चालकसहित नियन्त्रणमा लिएर बुझाए लगत्तै राजस्वले अनुसन्धान अघि बढाएको छ । प्रहरीले बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टर चालक भारतको जोगवनीका ३२ वर्षीय पंकज यादवलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काका अनुसार सशस्त्र प्रहरीले बुझाएको ट्याक्टरको नम्बर भीसीटीएस प्रणालीमा नदेखिएको बताएका छन् । नियन्त्रणमा लिएको कपडाहरु विराटनगरकै व्यापारीहरुले भित्र्याएको हुनसक्ने भन्दै थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
यसअघि पनि राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीकै टोलीले कपडा लगायत विभिन्न सामग्री बोकेको को२त ६८११ र बीआर ५० जी ५०५३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो । ती सामग्रीको मुल्य १८ लाख रुपैयाँ बराबरको थियो ।
त्यसैगरी सोही स्थानमा खटिएको सशस्त्रको बिओपीले भदौ अन्तिम साता पनि १८ लाख ९९ हजार ५२ रुपैयाँ बराबरको अवैध औषधी बरामद गरेर थप अनुसन्धानका लागि औषधी व्यवस्था विभागमा बुझाएको थियो ।

राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

दुर्गा प्रसाई थप ४ दिन हिरासतमा रहने

सर्वोच्च अदालतको रविन्द्र मिश्रलाई हिरासतमुक्त गर्न आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

मिश्र र प्रसाई थप ५ दिनमा हिरासतमा बस्नु पर्ने

प्रतिक्रिया