ईपीएलमा अपराजित चितवन टाइगर्स

काठमाडौँ- बिहीबार काठमाडौँ किंग्सलाई हराउँदै चितवन टाइगर्स एभेरेष्ट प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा टाइगर्सले तीन विकेटको जित हात पारेको हो । जितसँगै चितवनको दुई खेलबाट चार अंक भएको छ । पराजित काठमाडौँ एक जितसहित चौँथो स्थानमा छ ।
टस हारेर ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४१ रनको योगफल तयार पार्यो । काठमाडौँले दिएको लक्ष्य चितवनले १८.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौँका लागि ओपनर सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । ३४ बल सामना गरेका सुवासले दुई छक्का र दुई चौका प्रहार गरे । त्यसैगरी राजु रिजालले २८ रन जोडे भने जनक प्रकाशले २६ रनको योगदान गरे । बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ चितवनका लागि सागर ढकालले चार विकेट हात पारे । किफायती बलिङ गरेका सागरले २१ रन खर्चिए । त्यसैगरी करिम जनतको नाममा दुई विकेट रह्यो भने कमल ऐरी र सिकुगे प्रसन्नले समान एक–एक विकेट लिए ।
चितवनका राजेश पुलामीले अविजित २६ रनको योगदान गरे । कमल ऐरीले २३ रन जोडे । उनी पनि नट आउट रहे । विजयी टिमका लागि दिलिप नाथ, करिम जनत र मोहम्मद शाहजादले क्रमशः २३, २१ र १७ रन बनाए ।
काठमाडौँका जितेन्द्र मुखिया र रायन बर्लले समान दुई–दुई विकेट लिए । यसैगरी, जनक प्रकाश, गुल्शन झा र सन्दिप लामिछानेले एक–एक विकेट हात पारे ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया