काठे लोक दोहोरी अवार्ड २०७८ बाट तीन जना सञ्चारकर्मी सम्मानित हुने

काठमाडौँ - पहिलो काठे लोक दोहोरी अवार्ड २०७८ बाट तीन जना सञ्चारकर्मी सम्मानित हुने भएका छन् । काठक्षेत्रका लोकसंगीत संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै सञ्चारकर्मीत्रय चन्द्रमणी गौतम, डब्बु छेत्री र कमल सरगम सम्मानित हुने भएका हुन् । गौतम रेडियो काठमाडौँका व्यस्थापक हुन् भने क्षेत्री राजधानी दैनिकमा कार्यरत छन् । सरगमले रेडियो, अनलाइन र टेलिभिजनसम्म दोहोरी क्षेत्रका विभिन्न कार्यक्रम सन्चालन गर्दै आएका छन् ।
कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको अवार्डको प्रमुख आयोजकमा सुनाखरी लोक कला संस्कृति संरक्षण केन्द्र रहेको छ । सर्वोकृष्ट गायक, गायिका, शब्द संकलन, संगीत, मोडल, नवप्रतिभालगाएत विभिन्न ३२ विधामा असोजको पहिलो साता वितरण गरिने छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया