सरकारले गर्यो अध्यागमन कार्यविधि संशोधन
कुन देश जाँदा कस्तो व्यवस्था ?

काठमाडौँ – सरकारले अध्यागमन कार्यविधि संशोधन गरेको छ । हिजो बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘अध्यागमन कार्यविधि २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड (घ) अनुुसाार खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५०० अमेरिकी डलर वा उक्त रकम बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण’को सट्टामा युरोप, अमेरिका, जापा तथा खाडी मुलुक, सार्क मुलुकको हकमा के व्यवस्था हुने भन्ने संशोधन गरेको हो ।
सरकारले युरोप, अमेरिका, जापान, कोरिया जानेको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्युनतम पाँच सय अमेरिकी डलर वा उक्त रकम बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण चाहिने व्यवस्था गरिएको छ ।
त्यस्तै खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया, थाइल्याण्डको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलको पत्र वा साथमा न्युनतम पाँच सय अमेरिकी डलर वा सो रकम बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण चाहिने व्यवस्था उल्लेख छ ।
गृहमन्त्रालयले अध्यागमन विभागलाई पत्र लेखेर खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्युनतम पाँच सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाणको आधारमा जान दिने भनेको छ ।
त्यस्तै विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त क वर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा व्यक्ति स्वयम् उपस्थित भएर अनिवार्य आयस्रोत खुलाउनुपर्ने पनि व्यवस्था गरिएको छ ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया