बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

कैलालीमा चितुवाका दुई बच्‍चा फेला

कैलाली - कैलालीमा चितुवाका बच्चा भेटिएको छ । मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको रामजानकी सामुदायिक वनमा दुई वटा बच्चा फेला परेका हुन्। घोडाघोडी नगरपालिका ११ मा रहेको रामजानकी सामुदायिक वन उपभोक्ता समूह मुर्गहुवा गाउँमा बुधबार साँझ ६ बजे छाउरासहित चितुवा भेटिएको सामुदायिक वनका वन हेरालु काग्रेश चौधरीले बताए ।

घोडाघोडी क्षेत्रमा छाउरासहित चितुवा देखिएको पहिलो पटक रहेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख समीर थापाले बताए । उनले चितुवाको बच्चा देखिनुले यहाँ सुरक्षित छ भनेर नै चितुवा बच्चा जन्माउन यहाँ आएको हुनसक्ने बताए । वन क्षेत्रमा चितुवासहित बाघ, घोरल, निल गाई लगायतका जनावरहरू रहेको बताउदै सब डिभिजन वन कार्यलयका प्रमुख थापाले चोरी शिकारी नियन्त्रणपछि वन क्षेत्रमा जंगली जनावरको संख्यामा वृद्धि हुँदै आएको बताए ।