सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

एभरेष्ट बैंकले ५ प्रतिशत बोनस सेयर, ५.५३ प्रतिशत नगद दिने

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । मंगलबार बसेको ३२२औं सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

बैंकको २६औं साधारणसभा पुस २७ गते बस्ने तय भएको छ । यो सभाले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने भएको हो । ४२ करोड ३५ लाख १० हजार ३ सय ४२ रुपैयाँ बराबरको बोनस सेयर जारी भएपछि चुक्ता पूँजी वृद्धि हुनेछ । साधारणसभाको बैठक जूम मिटिङमार्फत बस्‍नेछ ।