राजदूत खतिवडा र गभर्नर चार्लीबीच भेटघाट

वासिङ्गटन डिसी- अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडा र अमेरिकाको म्यासाचुसेटस राज्यका गभर्नर चार्ली वेकरबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।
भेटका अवसरमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी प्रवद्र्धन, शिक्षा र संस्कृतिको आदानप्रदान गर्नेलगायत विषयमा छलफल भएको थियो । उक्त राज्य अमेरिकाको इतिहास, प्राज्ञिक र औद्योगिक विकासका लागि महत्वपूर्ण राज्य मानिन्छ ।
यसैबीच अमेरिकाको म्यासाचुसेटस राज्यले अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडालाई सम्मान गरेको छ । उक्त राज्यका दुवै सदनका तर्फबाट सिनेटका अध्यक्ष रोनाल्ड मारियानो र उपाध्यक्ष विलियम ए ब्राउनसवर्गरले शिष्टाचार भेटसमेत गरेका थिए । उनलाई प्रदान गरिएको प्रशंसा पत्र खतिवडाको सार्वजनिक सेवा तथा नेपाल र अमेरिकाबीचको पारस्परिक सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाका लागि प्रदान गरिएको जनाइएको छ ।
राजदूत खतिवडाले उक्त राज्यको क्याम्ब्रिज सहरका मेयर सुम्बुल सिद्दिकीसँग समेत भेट गरेका थिए । भेटका अवसरमा मेयर सिद्दिकीले उक्त सहरको साँचो दिएर राजदूत खतिवडालाई स्वागत गरेका थिए । भेटमा नेपालको काठमाडौँ सहर र उक्त सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने, स्थानीय सहर सञ्चालनमा अनुभव आदानप्रदान गर्नेलगायत विषयमा छलफल भएको थियो । रासस

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया