विपद्जन्य घटनामा वैशाखयता साढे चार सयको मृत्यु

काठमाडौं : गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर चार सय ४४ को मृत्यु भएको छ ।
उक्त अवधिमा एक सय एक वेपत्ता भएका छन् भने सात सय ३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठुलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाय मरेको र झण्डै रु ८२ करोड क्षति भएको जनाए ।
प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै दुई सय ९५ को मृत्यु, ६४ वेपत्ता र दुई सय २३ घाइते भएका छन् । पहिरोले चार सय ३५ जना पशुचौपाय क्षति भएको छ । पहिरोबाट अनुमानित रु पाँच करोड ९ लाखको क्षति भएको छ । त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ । चट्याङ्बाट ६५ को मृत्यु, दुई सय १३ घाइते र छ सय ९६ चौपाय क्षति भएको छ । चट्याङले रु ५९ लाख भौतिक क्षति भएको विवरणमा उल्लेख छ । यसैगरी बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन् । बाढीमा परेर २७२ पशु चौपाय मरेको र झण्डै रु पाँच करोडको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ ।
आगलागीमा परेर १० को मृत्यु एक सय ४४ घाइते र ६० करोड भन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ । सर्पदंसबाट २१ को मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ को मृत्यु एक सय १२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । रासस

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण

सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता

वातावरणमैत्री विकासमा जोड दिन आयोगको आग्रह

निजामती कर्मचारी संगठनले संघीय निजामती ऐन जारी नभए आन्दोलन गर्ने (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सगरमाथा नेक्स्टको “एट द टिपिङ पोइन्ट”मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुल…

प्रतिक्रिया