लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा युवक पक्राउ

सर्लाही – सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल (बोर्डर आउट पोष्ट) मलंगवाबाट खटेको टोलीले कौडेना गाउँपालिका १ बस्ने २४ वर्षिय जीतेन्द्र साहलाई मलंगवा नगरपालिका ९ स्थित सीमा इलाकाबाट मंगलबार पक्राउ गरेको हो ।
शंकाका आधारमा साहलाई जाँच गर्दा उनको साथमा नाइट्राजेपाम ७ सय ८० वटा, डाइजाल्याप २० वटा र नोफिन ९ वटा फेला पारेपछि उनलाई पक्राउ गरी बरामद लागूऔषधसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्रले जनाएको छ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

प्रतिक्रिया