हवाइजहाजका समस्या समाधान गर्न पर्यटन मन्त्रालयले बनायो छानबिन समिति

काठमाडौँ – विभिन्न जहाजमा देखिएको समस्या अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । पछिल्लो समय विभिन्न कम्पनीका जहाजमा देखिएको समस्य समाधानका लागि मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा दर्ता भएका हवाइजहाज र हेलिकप्टरको अवस्था परीक्षण गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित छानबिन समिति गठन गरिएको बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा, नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, मन्त्रालयतर्फबाट प्रमोद नेपाल, प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहेको समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
११ असोजमा काठमाडौंबाट ७७ जना यात्रु लिएर विराटनगरका लागि उडेको बुद्ध एयरको विमानमा खराबी देखिएकोलगायत पछिल्लो समय विभिन्न कम्पनीका जहाज र हेलिकप्टरमा प्राविधिक समस्या देखिएकाले यस्तो समस्या समाधानका लागि समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

प्रतिक्रिया