सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

लगातार घटिरहेको नेप्से परिसूचकमा बुधबार वृद्धि

काठमाडौँ - पछिल्लो समय लगातार घटिरहेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार भने वृद्धि भएको छ । ५०.५८ अंकले बढेर नेप्से २६६५.९३ बिन्दुमा पुगेको हो ।

कारोबारमा आएको १३ समूहका परिसूचक सकारात्मक छन् । जलविद्युत्‌ र फाइनान्स समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।  विकास बैंक समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ समूहको परिसूचक १.०९ प्रतिशतले वृद्धि भएको छ ।

पाँच अर्ब दुई करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ६३ हजार ९ सय १६ पटकको कारोबारमा ९८ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ ।