बिहारमा सकुशल भेटिए कपनबाट सम्पर्कविहीन भएका बालक

काठमाडौँ - काठमाडौँको कपनबाट सम्पर्कविहीन भएका एक बालक भारतको बिहारमा सकुशल भेटिएका छन् । सोमबार बूढानीलकण्ठ नगरपालिका-१३ स्थित कपनबाट हराएका भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस बिहारमा सकुशल भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।
उनकाअनुसार सोमबार साँझदेखि उनी सम्पर्कविहीन भएका थिए । विनोदकै साथी शंकर दासले उनलाई बिहार लगेको खुलेको उनले इकागजलाई बताए । बालक सकुशल भेटिएसँगै आफन्तको जिम्मा लगाइएको एसएसपी सिंहले बताए। भारतीय प्रहरीसँगको समन्वयमा खोजी गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया