विद्यालय खुलेको १५ दिनमै पुनः बन्द

वालिङ - यहाँको एक विद्यालयका दुई छात्रामा कोभिड सङ्क्रमण पुष्टि भएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । सङ्क्रमणसँगै लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै कक्षा ९ मा अध्ययनरत दुई छात्रामा कोरोना पुष्टि भएपछि तीन दिनका लागि बन्द गरिएको हो ।
स्याङ्जाको चापाकोट नगरपालिका–६ स्थित साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएपछि विद्यालय समयमै नजिकै रहेको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको विद्यालयका प्रधानाध्यापक दीपक बस्ताकोटीले जानकारी दिए ।
'कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्नेलगायत लक्षण देखिएकाले नजिकैको स्वास्थ्य चौकीमा कोरोना परीक्षण गर्यौँ', प्रअ बस्ताकोटीले भने, 'ती छात्रामा कोभिड पुष्टि भएपछि उनीसँगै बसेका अन्य १० जना छात्र÷छात्राको पनि एन्टिजेन परीक्षण गर्दा थप एक छात्रामा कोरोना पुष्टि भएको हो ।'
दुई छात्रामा संक्रमण पुष्टि भएपछि अन्य विद्यार्थीमा सङ्क्रमण फैलिन नदिनका लागि विद्यालय व्यवस्थापन समिति र चापाकोट नगर शिक्षा समितिको निर्णयबमोजिम आजदेखि तीन दिन विद्यालय बन्द गरिएको प्रअ बस्ताकोटीले बताए ।
आगामी शुक्रबारदेखि विद्यालय सञ्चालन गर्ने र गेटमै ज्वरो परीक्षण गरी लक्षण देखिएका विद्यार्थीको एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको चापाकोट नगर शिक्षा शाखा प्रमुख दुर्गा न्यौपानेको भनाइ छ । चापाकोटमा भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आएका छन् । अन्य विद्यालयमा यस्तो समस्या नदेखिएकाले पठनपाठन कार्य नियमित सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख न्यौपानेले बताए। चापाकोट नगरपालिकाभित्र ४५ सामुदायिक र सात संस्थागत विद्यालय सञ्चालनमा छन् । कोभिड सङ्क्रमण देखिएको साँखर मोहमी माविमा कक्षा १ देखि १० सम्म कूल १७० जना छात्रछात्रा अध्ययनरत छन् ।

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रतिक्रिया