गोरखाको चुमनुबरी–६ चुम्चेतको चुमलिङमा हेलिकोप्टरबाट खाद्यान्न पुर्याइयो

काठमाडौँ – गत भदौ दुई गतेबाट लोप्ता र सर्दी भिरमा गएको पहिरो अहिलेसम्म नरोकिदा खाद्यान अभाव भएको गोरखाको चुमनुबरी गाउँपालिका वडा नम्बर ६ चुम्चेतको चुमलिङमा आज सेनाको हेलिकप्टरबाट खाद्यान्न पुर्याइएको छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार आज सेनाको हेलिकोप्टरले दुई पटक गरी तीन हजार चार सय २० किलोग्राम खाद्यान्न पुर्याएको छ ।
‘आज सेनाको हेलिकोप्टरले दुई पटक गरी तीन हजार चार सय २० किलोग्राम चामल चुमनुबरी गाउँपालिका वडा नम्बर ६ चुम्चेतको चुमलिङमा पुर्याएको छ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।
गत शुक्रबार गृहमन्त्री बालकृष्ण खाण चुम्चेतमा पुगेको बेलामा स्थानीयले आफूहरूलाई खाद्यान्न समस्या भएको बताएका थिए । स्थानीयको तर्फबाट गृहमन्त्री खाणलाई ज्ञापनपत्र पनि बुझाइएको थियो । त्यसपछि मन्त्री खाणले सँगै जानुभएका मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई खाद्यान्नको व्यवस्थाको पहल गर्न निर्देशन दिएका थिए ।
प्रवक्ता पोखरेलको पहलमा गोरखा सदरमुकामबाट आज सोही मात्रामा खाद्यान्न त्यहाँ पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । स्थानीयले गृहमन्त्रीसँग सड्क खुलाउन, टेलिफोनको टावर बनिसकेकाले सञ्चालनमा ल्याउन पनि माग गरेका थिए । यी माग पूरा गर्न पहल भइरहेको मन्त्रालयका प्रवक्ता पोखरेलले बताउनु भयो ।
लोप्ता र सर्दी भिरमा अहिलेसम्म सुख्खा पहिरो खसिरहेकाले स्थानीय पैदल पनि आवत जावत गर्न सक्ने अवस्था नरहेको आचार्यले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया