सुत्केरीको शव आफन्तले बुझे

कैलाली - धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएकी सुत्केरीको शव आफन्तले बुझेका छन् । डोटीको शिखर नगरपालिका-६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको आइतबार बिहान उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो ।
शनिबार सुत्केरी ब्यथा लागेर अस्पताल पुगेकी कल्पनाको गर्भमा रहेको बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिए पछि उच्च रक्तस्राव भएको अस्पतालले जनाएको थियो । यता आफन्तले दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका थिए।
मंगलबार साझ अस्पताल र आफन्तबीच सहमति जुटेको छ। अस्पतालले क्षतिपूर्ति दिने, शिशुको भरणपोषण गर्ने र मृतकको नाममा प्रतिष्ठान स्थापना गर्न सहमती गरेपछि शव उठाइएको मृतक आफन्तले बताए । मृतकको आजै धनगढी ३ बडहरा स्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

प्रतिक्रिया