हत्या आरोपमा वडाध्यक्ष पक्राउ

जनकपुरधाम - हत्या आरोपमा धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका वडा नम्बर ४ का स्थानीय सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरेको आरोपमा वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरलाई ईलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योगमा १० जना आरोपितमध्ये वडाध्यक्षलाई शनिबार नै पक्राउ गरिएको हो । गत वैशाख १३ सडक विस्तारको क्रममा सिमासाल खोजबिनको क्रममा भएको दुई पक्षबीच भएको विवादमा सुमिन्त्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो ।
सो घटनामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र विराजी, रितिक यादव, दिपक यादव र रंजित यादवसमेत गम्भीर घाइते भएका थिए । तर उपचारको क्रममा उनको मृत्यु भएपछि परिवारजनले वडाध्यक्ष सहित १० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङ्गमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएको थियो ।
मुद्दाको अनुसन्धानको क्रममा मोरंग प्रहरीले उक्त मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सवैलालाई गत जेठ १६ गते पठाएका थिए । ईप्रका सबैलामा निवेदन परेपछि फरार आरोपितमध्ये वडाध्यक्ष आफैँ हाजिर भएको ईप्रका सबैलाका प्रमुख राजेश सिगदेलले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका वडा अध्यक्षविरुद्ध सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियाअघि बढाइएको प्रमुख सिग्देलले जानकारी दिएका छन् ।
यता पक्राउ परेका वडाध्यक्ष ठाकुर आफू झगडामा सहभागी नरहेको तथा आफैँ सरकारी वकिलको सल्लाहमा प्रहरीमा हाजिर भएको प्रतिक्रिया दिएका छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया