व्यवसायी लामाका साझेदार मियाँ पनि पक्राउ

विराटनगर - इट्टा व्यवसायी कलामसिंह लामामाथि खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरी लामाका साझेदार मोहमद साजिम मियाँ पनि पक्राउ परेका छन् ।
मोरङको कटहरी गाउँपालिका–६ स्थित मोरङ राजधानी इट्टा उद्योगका साझेदार रहेका काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका–९ का ३० वर्षीय लामामाथि उच्च अदालत विराटनगर अगाडि सडकमा आइतबार खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारमा संलग्न रहेका विराटनगर–११ का २७ वर्षीय बिमल कार्की आइतबारै पक्राउ परिसकेका छन् ।
प्रहरीले अनुसन्धानका क्रममा मोरङकै धनपालथान गाउँपालिका–१ का ५३ वर्षीय महमद साजिद मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । साजिदलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसूरमा जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरेको जनाइएको छ ।
खुकुरी प्रहारबाट लामाको पेट र दाहिने हातमा गहिरो चोटपटक लागेको थियो । लामाको हाल काठमाण्डौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरीले खुकुरी प्रहारमा संलग्न रहेका विमल कार्की, मोहमद साजिद मियाँर कलामसिंह लामाबीच व्यवसायिक विवाद रहेको जनाएको छ । तर विवादको सवै विषय प्रहरीले सार्वजनिक गरेको छैन ।
स्रोतका अनुसार उक्त इट्टा उद्योगका संचालकहरूबीच करीव ३ वर्षदेखि स्वामित्व र शेयरको विवाद रहँदै आएको जनाइएको छ । सेयर विवादपछि संचालकहरू बीच अदालतमा मुद्दा मामिलाका लागि गएका थिए । लामा भने उक्त इट्टा उद्योगमा सवैभन्दा पछाडि जोडिएका साझेदार रहेको जनाइएको छ ।
उनीहरूबीच असोज ८ गते शुक्रबारमात्रै जिल्ला प्रशासन कार्यालय मोरङमा समेत छलफल भएको थियो । त्यसअघि इट्टा उद्योगीहरूकै रोहबरमा पनि छलफल हुँदा व्यवसायी लामाकै दोष देखिएकोले विवाद मिलाउन लामालाई नै आग्रह गरेका थिए ।
मोरङ राजधानी इट्टा उद्योगबाट आरजेडी नामको इट्टा उत्पादन हुँदै आएको छ । उक्त उद्योग मोरङकै सुनवर्षी नगरपालिकास्थित नोचाका मोहमद साजिदले सुरु गरेका थिए । इट्टा उद्योगका विराटनगरका नविन रेग्मीसहित स्थानीयको जग्गा प्रयोगमा ल्याइएको थियो ।
इट्टा उद्योग नचलेपछि घाटा गएको र पुनः संचालनका लागि साझेदार थप्ने र लगानी बढाउने योजना बनाएर काठमाडौंकै रमेश श्रेष्ठ र कलामसिंह लामा उद्योगका लगानीकर्ता बनेर प्रवेश गरेका थिए । तर उनीहरूको कारोबार पारदर्शी नभएका कारण विवाद बढ्दै गएको जनाइएको छ ।
इट्टा उद्योगमा लगानी बढाउने नाममा लामाले उद्योगको नामको जग्गा धितो राखेर व्यक्तिगत नाममा ऋण निकालेको साजिद पक्षले आरोप लगाउ“दै आएका छन् । लामाले ऋण निकालेको पैसालाई नै आफ्नो लगानी भनेर देखाएका कारण उनीहरूबीच विवाद चर्किएको जनाइएको छ ।
विवाद मिलाउने कार्यमा कटहरीको वडा नम्बर ६ का वडाध्यक्ष पृथ्वीलाल सरदार र उनका छोरा सुभाष सरदार समेत संलग्न रहेका थिए । स्रोतका अनुसार आइतबार लामामाथि खुकुरी प्रहार हुँदा सुभाष पनि स“गै रहेको जनाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया