शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

नेपाल रेडक्रसद्वारा सरकारलाई एक लाख भेरोसेल खोप हस्तान्तरण

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले सरकारलाई एक लाख भेरोसेल खोप दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा रेडक्रसका पदाधिकारीले राज्यमन्त्री उमेश श्रेष्‍ठलाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।

चीनको रेडक्रसद्वारा उक्त खोप गत शुक्रबार नेपाल सरकारलाई सहयोग गरिएको थियो । यसअघि चीनले नेपाललाई अनुदानस्वरुप १८ लाख खोप उपलब्ध गराइसकेको छ । खरिद गरेर ८४ लाख डोज खोप आयात गरेको छ ।