भक्तराज आचार्यलाई पद्मश्री सम्मान, केशव दाहालको ‘मोक्षभूमि’लाई पुरस्कार

काठमाडौँ- संगीतज्ञ भक्तराज आचार्य र लेखक केशव दाहाललाई ‘मोक्षभूमि’ उपन्यासका लागि क्रमशः पद्मश्री सम्मान र पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वि.सं. २०७७ सालको सम्मान र पुरस्कारका लागि यस्तो निर्णय गरिएको छ ।
आचार्यले तीसको दशकदेखि सुगम गीत–संगीत तथा भजन गायनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । २०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि उनको गायनयात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीतसङ्गीतका लागि ठूलो क्षति हो ।
१६ वर्षको छोटो सङ्गीत साधनाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन् । उनका ‘हजार आँखा’, ‘मुटु जलिरहेछ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘मेरी माया साँझ बनी’ जस्ता दर्जनौँ सांगीतिक कोसेली जीवन्त छन् ।
यसै गरी केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’मा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यको पृष्ठभूमिका मानव गरिमाको गीत गाइएको छ । मुक्त दासहरूका नजरबाट युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, सङ्घर्ष र मोक्ष बहस गरिएको छ ।
वर्षभरि प्रकाशित साहित्यिक पुस्तकमध्ये प्रतिष्ठानलाई उत्कृष्ट लागेको कृतिलाई यो पुरस्कार प्रदान गरिन्छ । दाहालको यसअघि ‘नेपाली राजनीतिको पुनर्गठन’ पुस्तक प्रकाशित छ ।पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार दुवैको राशि तीन—तीन लाख रुपैयाँ रहेको छ ।
प्रतिष्ठानले १५ वर्ष पहिलेदेखि साहित्य पुरस्कार र ११ वर्षदेखि साधना सम्मान अर्पण गर्दै आएको छ । दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकामा यस वर्ष विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया