चिनी उद्योगीलाई कारबाही गर्न गृहको निर्देशन

काठमाडौँ : गृह मन्त्रालयले रौतहट, नवलपरासी र सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई चिनी उद्योगीलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयको आज बसेको बैठकले उखु उद्योगीहरूलाई कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।
बैठकले जिल्ला प्रशासन कार्यालयलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार समेत दिएको छ । गृह, कृषि र उद्योग मन्त्रालयको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
गृह मन्त्रालयले नवलपरासी, सर्लाही र रौतहटका जिल्ला प्रशासन अधिकारीलाई कानुन बमोजिम कारबाही गर्न आदेश दिएको चक्रबहादुर बुढाले जानकारी दिए । कार्यालयलाई उनीहरुलाई पक्राउ गरी उखु किसानको बक्यौता असुलउपर गर्ने अधिकारसमेत दिइएको छ ।
अहिले मुलत: चार उद्योगले उखु किसानको भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । बाँकी उद्योगहरुको पनि केही रकम बाँकी भएपनि किसानको खाता नपाएको भन्दै भुक्तानी हुन नसकेको उनीहरुको भनाइ छ । चार मध्ये सबैभन्दा धेरै श्रीराम मिलको बक्यौता छ । जो करिब ३ महिनाअघि बन्द भएको थियो ।
अन्नपूर्ण सुगर मिलको २६ करोड रुपैयाँ बक्यौता छ । लुम्बिनी सुगर मिलको ८ करोड ४१ लाख रुपैयाँ छ । त्यस्तै इन्दिरा सुगर मिलको चार करोड ७० लाख रुपैयाँ बक्यौता रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया