उपत्यकामा तीनको शंकास्पद मृत्यु

काठमाडौँ - काठमाडौँ उपत्यककाको विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलंकीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी भेटिएका छन् ।
उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन् । पार्किङ गरी राखेको बा ५ ख ६५३० नम्बरको बसभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।
उता ललितपुरको गोदावरी नगरपालिका-७ सल्लेनी कटुवाल दह जाने सडक मुनि झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार व्लोन पनि मृत अवस्थामा फेला परेका छन् । उनको टाउँको र घाटीमा धारिलो हतियारको चोट रहेको जनाइएको छ । तीनैवटा घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नियन्त्रित लागुऔषधसहित पक्राउ
यसैबीच काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट ४५९ एम्पुल नाइट्रोभेटसहित सिन्धुली मरिण गाउँपालिका-७ बस्ने २१ वर्षीय युवराज लाखेलाई आज प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ९५५ नम्बरको बस जाँच गर्नै क्रममा प्रहरीले लागुऔषध फेला पारेपछि उनलाई पक्राउ गरेको हो । (रासस)

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

प्रतिक्रिया