उत्तम संञ्जेल वल्ड बुक अफ रेकर्डस अवार्डबाट सम्मानित

काठमाडौँ- वल्ड बुक अफ रेकर्डस लण्डनले २०२१ को अवार्ड समता स्कुलका संस्थापक उत्तम सञ्जेललाई प्रदान गरेको छ । नर्सरीदेखि स्नातकोत्तरसम्म मासिक रु १०० रुपैयाँ लिएर विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिइरहेकाले उक्त अवार्ड प्रदान गरेको हो ।
समता स्कुल नेपाल भरका ७७ ओटा विद्यालयहरुमा ८० ओटा स्कुलहरु रहेका छन । विदेशका १० वटा र सार्क राष्ट्रहरुमा पनि समता स्कुल सञ्चालनमा छन् । सञ्जेलले नर्सरी देखि स्नातकोत्तर तहसम्म मासिक रु १०० लिएर गुणस्तरिय शिक्षा प्रदान गर्दै आएका छन ।
समता स्कुलमा पढेका कैयौँ विद्यार्थीहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन । समता स्कुलमै पढेर स्कुलकै शिक्षकका रुपमा विद्यार्थीहरुलाई पढाइरहेका छन ।
यस्तै नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल पनि सम्मानित भएका छन । दाहाललाई कोभिड-१९ महामारीका बेलामा सामाजिक सेवामा कटिवद्ध रहेकोले उक्त अवार्ड दिइएको हो । भारतको इन्दोरमा भएको कार्यक्रममा कोरोना महामारीका बेलामा मानवीय कार्य गर्ने विश्वका १०० जना व्यक्तित्वलाई उक्त अवार्डद्धारा सम्मानित गरिएको छ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

प्रतिक्रिया