एकै दिन ७३ अंकले घट्यो नेप्से, दुई दिनमा १३४ अंकले खस्कियो सेयर बजार

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक ७३.०५ अंकले घटेको छ । २.६५ प्रतिशतले घटेर नेप्से परिसूचक २६८५.४१ बिन्दुमा पुगेको हो ।
दुई दिनमा १३४.३२ अंकले खस्किएको छ । १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक ४.५३ प्रतिशतले घटेको छ । बैंकिङ समूहको परिसूचक २.२६ प्रतिशतले घटेको छ । विकास बैंक र निर्जीवन बीमा समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले खस्किएको छ ।
सेयर बजारमा निरन्तर ओरालो लागे पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत्को सेयर मूल्यमा उच्च वृद्धि भएको छ । ६७ हजार पाँच सय ८७ पटकको कारोबारमा पाँच अर्ब १२ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ ।

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया