सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

बागमती प्रदेश देशकै पहिलो साक्षर प्रदेश घोषणा

हेटौंडा- देशकै पहिलो साक्षर प्रदेशको रुपमा बागमती प्रदेशलाई घोषणा गरिएको छ । बागमती प्रदेशमा ९७.२२ प्रतिशत १५–६० वर्ष उमेरमूहका नागरिक साक्षर भएको बताउँदै बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सोमबार साक्षर प्रदेश घोषणा गरेकी हुन् ।  

२०७१ सालमा बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गरेर साक्षरता अभियानको सुरु भएको थियो । २०७८ साल असोज ४ गते काठमाडौंलाई अन्तिम साक्षर जिल्ला घोषणा गरिएसँगै बागमती प्रदेशको १३ जिल्लामा साक्षरता घोषणा भएको थियो । बागमती प्रदेशमा १५–६० वर्ष उमेरसमूहका ४५ हजार ३ सय ४५ जना अझै निरक्षर छन् ।