दुई महिनामा ३८ अर्ब ऋण थपियो, कोभिडका नाममा मात्रै २० अर्ब

काठमाडौँ - चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३८ अर्ब ५० करोड रुपैयाँ ऋण थपिएको छ । साउन र भदौ महिनामा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सम्झौतापछि यो ऋण थपिएको हो ।
अर्थ मन्त्रालयका अनुसार साउन र भदौमा ४४ अर्ब ३१ करोड रुपैयाँ वैदेशिक सहायता सम्झौता भएको छ । जसमध्ये ८६.८९ प्रतिशत ऋणको हिस्सा छ । १३.११ प्रतिशत अनुदान सम्झौता भएको छ । दुई महिनामा पाँच अर्ब ८१ करोड रुपैयाँ अनुदान सम्झौता भएको हो ।
द्विपक्षीय सहायताअन्तर्गत १ अर्ब ८७ करोड रुपैयाँ अनुदान सम्झौता भएको छ । यो कुल सहायताको ४.२३ प्रतिशत हो । बहुपक्षीय सहायताअन्तर्गत तीन खर्ब ९३ करोड रुपैयाँ अनुदान र ३८ अर्ब ५० करोड रुपैयाँ ऋण सहायता प्राप्त भएको छ । बहुपक्षीय सहायताको हिस्सा ९५.७७ प्रतिशत छ ।
कोभिडका नाममा २० अर्ब
दुई महिनामा कोभिड-१९ नियन्त्रण तथा रोकथाम गर्न २० अर्ब २८ करोड रुपैयाँ सहायता सम्झौता भएको छ । भ्याक्सिन खरिद कार्यक्रमका लागि मात्रै १९ अर्ब ६९ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । सरसफाइका माध्यमबाट कोभिड-१९ को रोकथाम गर्न ५९ करोड रुपैयाँ अनुदान सम्झौता भएको छ ।
यो सहायता एशियाली विकास बैंकमार्फत आएको मन्त्रालयले जानकारी दिएको छ । विश्व बैंकमार्फत १८ अर्ब ८० करोड रुपैयाँ ऋण प्राप्त भएको छ ।
गत आवको तुलनामा आधा घट्यो
गत आर्थिक वर्षको सुरुवाती दुई महिनामा ८४ अर्ब सात करोड रुपैयाँ सहायता प्राप्त भएको थियो । चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब ७५ करोड रुपैयाँ कम सहायता आएको थियो । यो ४७.२८ प्रतिशत कम हो ।

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया