शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

परराष्ट्रमन्त्री डा.खड्का र भारतीय समकक्षी डा‍.जयशंकरबीच न्युयोर्कमा भेटवार्ता

फोटो : भारतीय विदेशमन्त्री जयशंकरको ट्वीटबाट

काठमाडौँ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय समकक्षी डा.एस जयशंकरसँग अमेरिकामा भेटवार्ता गरेका छन् । न्युयोर्कमा भएको भेटवार्तामा नेपाल र भारतका समग्र दुईपक्षीय विषयमा छलफल भएको छ । संयुक्त राष्ट्र संघको ७६ औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा.खड्का र भारतीय समकक्षी डा.जयशंकरबीच भएको भेटवार्तामा दुई देशको पछिल्लो आपसी सम्बन्धबारे छलफल भएको भारतीय विदेशमन्त्री डा.जयशंकरले ट्वीट गरेर जनाएका छन् ।

भेटवार्तामा दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई थप अगाडि बढाउने र सहकार्य गर्ने सहमति भएको पनि जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् । पछिल्लो समय दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनापछि नेपाल र भारतबीचको सम्बन्ध त्यति हार्दिक देखिएको छैन । यस विषयमा नेपाल सरकारले लेखेको कूटनीतिक नोटको उत्तर समेत भारत सरकारले अहिलेसम्म दिइरहेको छैन ।

यसअघि नेपालको नयाँ नक्सा, कालापानी क्षेत्रमा सैन्य उपस्थिती, दुई मुलुकका समस्या समाधानका लागि बनाइएको प्रबुद्ध व्यक्ति समूहले तयार गरेको प्रतिवेदन समेत भारतले बेवास्ता गरिरहेको छ । यस्तो बेलामा अमेरिकामा भएको भेटवार्तामा भारतीय विदेशमन्त्रीले दुईपक्षीय सम्बन्धलाई थप अगाडि बढाउने सहमति जनाउनु सकारात्मक कदम भएको परराष्ट्र अधिकारीको टिप्पणी छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतीय मन्त्रीबीचको दुई पक्षीय भेटवार्तालाई सकारात्मक रुपमा हेरिएको छ । यसपटक साइडलाइन दुईपक्षीय वार्ताहरु भएपनि सार्क विदेशमन्त्रीस्तरीय अनौपचारिक बैठक भने हुन सकेन । 

 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता