नहरमा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको शव फेला

बर्दिया – पौडी खेल्ने क्रममा डुबेका दुई जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ। बर्दियाको बारबर्दिया नगरपालिका ९ स्थित एक नहरमा शनिबार पौडी खेल्ने क्रममा डुबेका उनीहरूको शव सशस्त्रले फेला पारेको हो ।
उक्त नहरमा पौडी खेल्ने क्रममा सोही नगरपालिका ९ बस्ने १७ वर्षीय विशाल थारु र १८ वर्षीय सुरेश चौधरी डुबेको भन्ने जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कर्तनियाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको शव उक्त नहरबाट बाहिर निकालेको हो ।

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

प्रतिक्रिया