भारतीय रूपैयाँसहित एक जना पक्राउ

धनुषा - सशस्त्र प्रहरीले ४ लाख भारतीय रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । धनुषाको नगराइन नगरपालिका ८ स्थित अकौराबाट शनिबार सो रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीआपी) देवडियाबाट खटेको टोलीले भारत घर बताउने ५० वर्षीय रामबाबु यादवलाई पक्राउ गरेको हो । गस्तीमा खटिएको सशस्त्र प्रहरीले साइकलमा सवार यादवमाथि शंका लागेर जाँच गर्दा उनको साथमा उक्त रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
सो रकम बरामद गरी यादवलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

प्रतिक्रिया