जितिया पर्व मनाउँदै उदयपुरका थारु महिला

काठमाडौँ - उदयपुरका थारू समुदायले यस बर्षको जितिया पर्व आफ्नो भाषा प्रबर्द्धन गरि मनाउने भएका छन् । थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दबाब मुलक कार्यक्रम गरि मनाउने जनाएको हो ।
थारू कल्याणकारिणी सभा त्रियुगा नगर समितिले आइतबार पत्रकार सम्मेलन गरि थारू बाहुल्य क्षेत्र रहेको उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा थारूभाषालाई मान्यता नदिने भाषा आयोगको निर्णयविरूद्ध दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ । थारू कल्याणकारीणी सभाका अध्यक्ष शिवनारायण चौधरीले उदयपुर लगायतका जिल्लाका स्थानिय भाषाको मान्यता दिलाउन सांकेतिक रूपमा दवाव दिने कार्यक्रम रहेको जानकारी दिए ।
आगामी भदौ १३ गते त्रियुगा नगरपालिकाको वडा नम्बर १३ हवाई मैदानमा विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिने जनाएको छ । जितिया पर्वमा विशेष गरी तराईका थारु महिलाहरु निराहार व्रत बस्ने गर्छन ।
जितिया पर्व तराईमा बसोबास गर्ने विशेष गरी थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जितमहान व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई-मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन् । पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्धारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ ।

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

प्रतिक्रिया