काभ्रेका इट्टा व्यवसायीमाथि विराटनगरमा खुकुरी प्रहार

विराटनगर - विराटनगरमा एकजना इट्टा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । काभ्रे घर भएका व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह उच्च अदालत विराटनगरको गेट नजिकै खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
घाइते लामालाई विराटनगर अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको मोरङ प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का विमल कार्कीलाई पक्राउ गरेको छ ।
खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन । लामाको पेट र दाहिने हातमा गहिरो चोटपटक लागेको जनाइएको छ । घाइते लामाको अवस्था खतरामुक्त रहेको जनाइएको छ । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इट्टा उद्योगमा लामाको पनि सेयर रहेको जनाइएको छ ।
उक्त उद्योगमा लगानीबारे लगानीकर्ताहरुबीच विवाद रहँदै आएको जनाइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा उक्त इट्टा उद्योगको विवादकै कारण विराटनगर आएको प्रहरीले जनाएको छ ।
दुईजनाले लामामाथि खुकुरी प्रहार गरेपनि कार्की पक्राउ परिसकेका छन् । घटनामा कार्कीसहित दुईजना संलग्न रहेको खुलेको छ । घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया