उदयपुरमा परराष्ट्रमन्त्री निकटको वर्चस्व

विराटनगर - उदयपुरका आठवटै स्थानीय तहमा गाउँ-नगर अधिवेशन सम्पन्न भएको छ । ताप्ली र उदयपुरगढी गाउँपालिकाबाहेक बाँकी ६ वटा स्थानीय तहमा गाउँ-नगर सभापतिसहितका पदमा निर्वाचन भएको हो ।
नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तरगत भएको निर्वाचनमा उदयपुरका आठमध्ये पाँचवटा तहमा संस्थापन पक्षका नगर सभापतिका उम्मेद्वारले जितेका छन् । त्रियुगा नगरपालिकाको मतगणना आइतबार बिहान सकिएसँगै उदयपुरका आठै तहको गाउँ-नगर अधिवेशन सम्पन्न भएको जनाइएको छ । जिल्लाको मुकाम त्रियुगामा देउवा समूहका प्रकाश खड्काले पौडेल समूहका सुमनकुमार चौधरीलाई १२ भोटले पराजित गरेका छन् । खड्काले १९५ मत प्राप्त गरेका हुन् ।
दुई उपसभापतिमध्ये पौडेल समूहबाट उमेशकुमार बुढाथोकी र शर्मिला थापा बिजयी भएका छन् । बुढाथोकीले १८४ र थापाले १८५ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी दुई सचिवमा संस्थापन समूहका कुमार पौडेल र पौडेल समूहबाट धनबहादुर कटुवाल (डिबी) विजयी भएका छन् ।
उदयपुरमा चार नगरपालिका र चार गाउँपालिका छन् । बाँकी तीन वटामा पौडेल समूहबाट उम्मेद्दवार नगर सभापतिमा निर्वाचित भएका हुन् । बेलका नगरपालिकामा अशोक कार्की, चौदण्डीगढी नगरपालिकामा राजेन्द्र पौडेल, त्रियुगा नगरपालिकामा प्रकाशकुमार खड्का, उदयपुरगढी गाउँपालिकामा यमबहादुर पाण्डे र लिम्चुङबुङ गाउँपालिकामा नेत्रबहादुर कार्की पार्टी सभापति शेरबहादुर देउवा लाइनका हुन् ।
बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका देउवा सरकारमा चार दिन अघिमात्रै परराष्ट्रमन्त्री नियुक्त भएका डा. नारायण खड्काको निर्वाचन क्षेत्रभित्रका पालिका हुन् । संस्थापन इतर पौडेल समूहबाट कटारी नगरपालिकामा प्रेम थापा, रौतामाई गाउँपालिकामा घमानसिंह थापा मगर र ताप्ली गाउँपालिकामा दीपकुमार रास्कोटी निर्वाचित भएका हुन् ।

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

प्रतिक्रिया