सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

'बोझिलो करको मार, न्यायोचित छैन'

काठमाडौँ – जनप्रतिनिधिबाट अनुमोदन नभई कर लगाउन पाइन्न भन्ने लोकतान्त्रिक मान्यता छ । तर, के जनप्रतिनिधिबाट अनुमोदित करबाट करदाता सन्तुष्ट छन् त ?  कर र शुल्कको बदलामा सेवाग्राहीले पाइरहेको सेवा र सुविधासँग सम्बन्धित विषयमा 'काठमाडौँ स्कुल अफ ल'ले प्रदेश १ मा नमुना सर्वेक्षण विधिबाट अध्ययन गरेकाे छ । 

अध्ययनमा १३० जना करदातालाई छनोट गरिएको थियो । तराइको जनघनत्व बढी भएकाले ती जिल्लाका बढी स्थानीय तहबाट करदाता छनोट भएको थियो । हिमाली जिल्ला ताप्लेजुङको फुङलिङ नगरपालिकाबाट २५ जना, पहाडी जिल्ला ओखलढुंगाका सिद्धिचरण नगरपालिकाबाट १५ र खिजीदेम्वा गाउँपालिकाबाट १० जना, तराइ जिल्ला सुनसरीको इटहरी उपमहानगरपालिकाबाट २८, झापाको शविसताक्षी नगरपालिकाबाट २७ जना र झापा गाउँपालिकाका २५ जना छनोटमा परेका थिए । जसमा ६८ प्रतिशत व्यापारमा छन्, १५ प्रतिशत उद्योगमा र १० प्रतिशत होटल व्यवसायमा तथा ३/मा छन्, १५ प्रतिशत उद्योगमा र १० प्रतिशत होटल व्यवसायमा तथा ३/३ प्रतिशत कृषि र यातायातका क्षेत्रमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।

व्यवसाय करप्रति नकारात्मक 

अध्ययन प्रतिवेदनले व्यवसाय करलाई नकारात्मक रुपमा लिनेको संख्या धेरै भएको देखाएको छ । यस्तो संख्या ६२ प्रतिशत छ । यसलाई सकारात्मक रुपमा लिनेको संख्या ३७ प्रतिशत छ । सबैभन्दा ठूलो समूह (३९ प्रतिशत)ले व्यवसाय कर अलि बढी भएको धारणा व्यक्त गरेको थियो । योभन्दा अलकति थोरै ३७ प्रतिशतले मात्रै ठीकै र २३ प्रतिशतले अत्यधिक भएको धारणा राखेका थिए ।  

करदाता नै जानकार छैनन् 

छनोटमा परेका करदाताहरूमा अधिकांशलाई कतिपय करबारे जानकारी नै नभएको प्रतिवेदनमा उल्लेख छ । मनोरञ्‍जन कर, कवाडी, जडीबुटी, जीवजन्तु करका विषयमा अधिकांशलाई जानकारी नै नभएको उल्लेख छ । 

मनोरञ्‍जन करबारे ५६ प्रतिशतले थाहा नभएको बताएका छन् । ८ प्रतिशतले मनोरञ्‍जन कर धेरै भएको, १७ प्रतिशतले अलि बढी र १८ प्रतिशतले ठीकै भएको धारणा व्यक्त गरे । मनोरञ्‍जन करलाई नकारात्मकरुपमा लिने २५ प्रतिशत छन् । १८ प्रतिशतले मात्रै यसलाई सकारात्मक रुपमा लिएका थिए । 

प्रतिवेदनमा भनिएको छ, 'यहाँ विचार गर्नुपर्ने कुरा के पनि छ भने, बहुसंख्यक उत्तरदाता (५६ प्रतिशत)ले थाहा छैन् भन्ने उत्तर दिएका छन् । उनीहरूले यस्तो जवाफ दिनुमा एकभन्दा बढी कारण हुनसक्छन् । ती कारण यस्ता छन् - उनीहरूले मनोरञ्‍जन कर नतिरेका हुनसक्छन्, आफूले मनोरञ्‍जन कर तिरेको कुरा उनीहरूले थाहा नपाएका हुनसक्छन् वा त्यसो गरेको सम्झना उनीहरूलाई नभएको हुनसक्छ, यस्तो कर तिरेको भए पनि त्यो करको दर घटीबढी के हो भन्‍ने मूल्यांकन नगरेको हुनसक्छन् ।'

बोझिलो करको असर

४९ प्रतिशतले बोझिलो करले गर्दा व्यवसायमा अप्ठ्यारो पारेको बताएका छन् । ४५ प्रतिशतले करले आफूहरूलाई उस्तो समस्या नपरेको बताएका छन् । ४ प्रतिशतले बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएको प्रतिवेदनमा उल्लेख छ । यी आँकडाबाट के प्रष्ट हुन्छ भने कर र व्यवसायका बीचमा नकारात्मक सम्बन्ध रहेको छ । आधाभन्दा बढी करदातालाई करले अप्ठ्यारो पारेको उल्लेख छ । 

व्यक्तिगत घटना दर्ता शुल्क र फोहरमैला व्यवस्थापन शुल्क तथा सेवा शुल्कलाई सकारात्मक रूपमा लिनेको मात्रा तुलनात्मक रुपमा धेरै छ । शालाखाला, गत वर्ष तिरेका सरका अधिकांश उत्तरदाता खुशी छैनन्। यस्तो मात्रा करपिच्छे फरक छ। नीतिगत सुधारका सद के अर्थ लाग्छ भने या त यी करका दर अथबा रकम घटाउनुपर्छ या त स्थानीय सेवावधा विस्तार गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

यी करमध्ये पनि अधिकांशमा थाहा छैन भनी उत्तर दिनेको संख्या उल्लेखनीय मात्रामा है। इ हुनमा यीमध्ये एउटा अथवा एउटा भन्दा बढी कारण जिम्मेवार हुनसक्छः उनीहरूले यी कर करिय पनि नतिरेका हुनसकन, अथवा यी कर तिरेको कुरा उनीहरूलाई थाहा नहुनसक्छ अथवा उनीहरू आफूले तिरेका यी कर बढ़ीघटी के हुन् भनी विचार नगरेका हुनसक्छन्।

करले व्यवसाय अथवा पेशामा पारेको असरका सम्बन्धमा झण्डै आधा उत्तरदाताले करका दर रकमले हतोत्साहित नपारेकी अथवा व्यवसाय / पेशा बन्द गरिहाल्नु पर्ने अवस्थामा नपुगेको बताए । तर, यहां के कुरा ख्याल गर्नुपर्छ भने झण्डै यति नै उत्तरदाताले करले गर्दा अप्ठ्यारो पारेको धारणा व्यक्त गरेको उल्लेख छ ।