सत्ता गठबन्धन बैठक: मन्त्रिपरिषद् विस्तार र अध्यादेश फिर्ताबारे बालुवाटारमा छलफल

काठमाडौँ - सत्ता गठन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान नेताहरूबीच समसामयिक विषयमा दुई घण्टा बढी छलफल भएको हो ।
नेकपा (एकीकृत समाजवादी) नेता राजेन्द्र पाण्डेले बैठकमा मन्त्रिपरिषद् विस्तार र राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल भएको जानकारी दिए । उनकाअनुसार यी दुई विषयमा छलफल भए पनि निर्णय गर्ने जिम्मा भने शीर्ष नेतालाई दिइएको छ ।
'सरकारलाई पूर्णता दिने र राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिनेबारे छलफल भयो, पूर्णता दिन नसक्नुका कारणबारे पनि चर्ता भयो,' उनले भने,'अध्यादेश फिर्ता लिँदा आउन सक्ने सम्भावित समस्या र कठिनाइका विषयमा पनि विमर्श भयो । तर, निर्णय गर्ने जिम्मा शीर्ष नेताहरूलाई दिइएको छ । सम्भवत: भोलि नै बसेर उहाँहरूले निर्णय लिनुहुन्छ होला ।'
छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाली काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधव कुमार नेपाल र नेता राजेन्द्र पाण्डे, जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी थिए ।
आजको बैठकमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग मन्त्री बन्नेहरूको नाम मागेका छन् । देउवा नेतृत्वकाे सरकार बनेकाे लामाे समय भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया