नबिल बैंकद्धारा दीगो बैंकिङ्गको लागि साझेदारी

काठमाडौँ - नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले गाउँपालिकासँग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको हो ।
गल्छी गाउँपालिकामा नबिल बैंकको तर्फबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम तथा तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने छ । साथै कार्यक्रम तथा तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।
नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सयूक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा प्रवाह गर्दै आएको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_XLgFUOk3vJ_qurseim8nmihpb1m3i5hzcudcn1vyfeeu3n4aufc2e1aynnfjbkx1ohyt85y.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया