इजरायल रोजगारी: लिखित र अन्तर्वार्तामा १६ सय परीक्षार्थी उतीर्ण

काठमाडौँ - इजरायलमा 'केयर गिभर' मा जानका लागि अन्तर्वाता र लिखित परीक्षाबाट १६ सय परीक्षार्थी कामदार छनौट भएका छन् । इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १६ सय परीक्षार्थी परीक्षामा पास भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
इजरायलबाट ७० प्रतिशत महिला र ३० पुरूषको माग भएबमोजिम कामदारको छनौट भएको विभागले जनाएको छ । ४ गतेबाट ९ गतेसम्म अन्तर्वाता भएको थियो । लिखित परीक्षा र अन्तवार्तामा १८०३ जना परीक्षार्थी सहभागी भएका थिए । धेरै परीक्षार्थीहरूको शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुन सकेको थिएन ।
सरकारले साउन ११ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो र विज्ञापन प्रकाशन गरेको २१ दिनमा आवेदन भर्ने समय सकिएको थियो ।
केयर गिभरमा जानेले मासिक तलब करिब दुई लाख पाउनेछ्न् । पाँच वर्षको करार अवधि र सुरुमा एक वर्षको मात्र हुनेछ । ६ दिन काम र सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । इजरायली कानुनअनुसार वार्षिक बिदा पाउने छन् ।

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

प्रतिक्रिया