छायाँकन फुकुवा गर्दै सरकार

काठमाडौं : हल व्यवसायीले एकतर्फी रुपमा हल खोल्ने निर्णय गरेको भोलिपल्ट नै सरकारले फिल्म सुटिङको अनुमति दिने निर्णय गरेको छ । छायांकन खुला गर्ने सिसिएमसीको प्रस्तावलाई अनुमोदन गर्दै सरकारले मंगलबारको मन्त्रीपरिषद् बैठकमा सुटिङ सुचारु गर्ने प्रस्ताव पारित गरेको हो । सरकारले यो निर्णय सार्वजनिक भने गरिसकेको छैन । सोमबार मात्र हल व्यवसायीले पुस १० गतेबाट हल खोल्ने निर्णय गरेका थिए ।
सरकारले चैतको दोस्रोहप्तादेखि नै फिल्म, म्युजिक भिडियो तथा अन्य प्रकारका सुटिङ बन्द गर्ने निर्णय गरेको थियो । तर, सरकारको आदेशको अवज्ञा गर्दै फिल्म तथा म्युजिक भिडियोको सुटिङ चलिरहेको थियो । पहिलो लकडाउन खुकुलो भएसँगै म्युजिक भिडियो सुटिङले गति लिएको थियो ।
तर, सरकारबाट औपचारिक निर्णय नहुँदा कथानक फिल्म भने अगाडि बढ्न सकेका थिएनन् । सुटिङको तयारीमा रहेका थुप्रै फिल्म सरकारको औपचारिक निर्णयको प्रतीक्षामा थिए । सरकारले सुटिङ खोल्ने निर्णय गरे नयाँ फिल्म सुटिङमा निस्किहाल्ने भने छैनन् । पुस र माघमा अत्यधिक जाडो हुने कारण फागुनबाट मात्र सुटिङका काम सुरु हुने गरेका छन् ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया