एमाले केन्द्रीय कमिटी बैठक: आज अध्यक्ष ओलीले केन्द्रीय सदस्यलाई जवाफ दिने

काठमाडौँ - नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । ललितपुरस्थित तुल्सिलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बस्ने बैठकमा राजनीतिक, सांगठानिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा आएका सुझावमाथि अध्यक्ष केपी ओलीले जवाफ दिने एमाले प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनकाअनुसार शनिबार तीनवटा प्रतिवेदनमााथि समूहगत रूपमा आएका निष्कर्षहरू प्रस्तुत गरिएको थियो । आज ओलीले ती प्रतिवेदनमा आएका प्रस्तावमाथि जवाफ दिने छन् ।
समूहगत छलफलबाट पार्टीलाई समावेशी चरित्रको बनाउनुपर्ने, निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने, पहिलेकोभन्दा राम्रो परिणाम ल्याउनुपर्नेलगाएत सुझाव आएको उनले बताए । त्यस्तै प्रदेश र केन्द्र चुनावमा बहुमत ल्याउनेगरी तयारी गर्नपर्नेमा पनि केन्द्रीय सदस्यहरूले जोड दिएका छन् । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया