गीतकार विश्ववल्लभलाई राष्ट्रिय स्रष्टा पुरस्कार

मोरङ – वरिष्ठ गीतकार विश्ववल्लभलाई राष्ट्रिय स्रष्टा पुरस्कारबाट सम्मान गरिएको छ । गीतकार संघ नेपाल काठमाडौंद्वारा मोरङको सुन्दरहरैचामा शनिबार आयोजित ११ औं वार्षिकोत्सव एवम् नवौं स्रष्टा सम्मान एवम् गीत विमर्श कार्यक्रममा उनलाई एक लाख ५१ हजार रूपैयाँसहित सम्मान गरिएको हो ।
यसैगरी राष्ट्रिय मातृ भाषा गीतकार पुरस्कारबाट कृष्ण गुरुङ (लमजुङ)लाई २५ हजार रूपैयाँसहित सम्मान गरिएको छ । यस्तै नेपाली गीतलाई अमेरिकामा लोकप्रिय बनाउन योगदान पुर्याएकोमा हरि उप्रेती (अमेरिका)लाई डायस्पोरा पुरस्कारबाट उनको प्रतिनिधित्व गर्ने मौसम पराजुलीलाई सम्मान गरिएको छ । यस्तै वर्ष गीत–२०७७ बाट रमेश दाहाललाई र वर्ष गीत संग्रहबाट गणेश श्रेष्ठलाई सम्मान गरिएको छ । सो अवसरमा पुरस्कार वितरण गर्दै प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले स्रष्टाका कला र साहित्यबाट नागरिक ऊर्जाशील हुने बताए । उनले कला र साहित्य मुलुकको गहना भएको चर्चा गर्दै यसको संरक्षण, सम्वद्र्धन गर्नु सबैको कर्तव्य भएको धारणा राखे । प्रदेश प्रमुख अधिकारीले कलाकार एवम् साहित्यकार सधैंभरि स्वच्छ, निर्मल, कोमल भावनाको हुने हुनाले कसैले चोट दिएमा खोट नलगाउने क्षमतावान हुने विचार राखे ।
संघका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष वसन्त थापालगायतले जीवित तथा अमरत्व प्राप्त गरेको स्रष्टाका सन्तानको सहयोगबाट अहिलेसम्म ५० लाख रूपैयाँको अक्षयकोष स्थापनामा रकम प्राप्त भएको जानकारी दिए । कार्यक्रममा रकम सहयोग गर्ने स्रष्टाका सन्तानलाई सम्मान गरिएको थियो । संघले यसअघि आठौं स्रष्टा सम्मान कार्यक्रम चितवनमा गरेको थियो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया