५४ जिल्लामा सुरु भयो कांग्रेसको पालिका अधिवेशन

काठमाडौँ - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ५४ जिल्लामा पालिका अधिवेशन सुरु भएको छ । केही जिल्लाका पुरै पालिकामा अधिवेशन सम्पन्न भइसकेको र केही जिल्लाका पालिकामा अधिवेशन सुरु भएको र जिल्लामा खटिएका निर्वाचन अधिकृतले सहमतिमा तोक्नेगरी जिम्मेवारी दिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने तयारी नपुगेको भन्दै आज भएन । ती जिल्लामा क्रमशः गर्ने गरी जिल्ला निर्वाचन अधिकृतले नै मिति तोक्ने समितिले जनाएको छ । कतिपय ठाउँमा भने मतदाता नामावली नै तयार नभइसकेका कारण अधिवेशन हुन नसकेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
उनका अनुसार शनिबार ५४ जिल्लामा गाउँपालिका र नगरपालिकास्तरीय कार्यसमितिको अधिवेशन सुरु भएको छ । कतिपय ठाउँमा सहमतिबाटै नेतृत्व चयन भएको र कतिपय ठाउँमा निर्वाचन प्रक्रिया अघि बढेको उनले बताए । कहाँ-कहाँ भइसक्यो भन्ने यकिन तथ्यांक तयार भइनसकेको तर ५४ जिल्लामा एकैसाथ पालिका तहको अधिवेशन सुरु भएको उनले बताए ।
शनिबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोकमा भने अधिवेशन सुरु हुन सकेन । काठमाडौंमा कतिपय वडामा निर्वाचनको अन्तिम परिणाम नै आइनसकेका कारण पालिका तहको अधिवेशन १६ असोजका लागि तोकिएको समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिले शनिबार अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतलाई नै पुनः मिति तोक्ने र अधिवेशन गराउने अधिकार दिएको छ । उनका अनुसार पहाड र तराईका जिल्लामा भने दसैंअघिसम्म पालिका अधिवेशन गराए हुन्छ । तर, हिमाली जिल्लामा भने १२ गते प्रदेशसभा क्षेत्रस्तरीय अधिवेशन भएकाले त्यो मितिभन्दा अगाडि नै अधिवेशन गरिसक्नुपर्ने दबाब छ ।
१३ जिल्लामा त क्रियाशील सदस्यकै टुंगो लागेको छैन । हिमाली जिल्लामा भने १२ असोजमा प्रदेशसभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ । कांग्रेसको आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया