प्रदेश इन्चार्जको जिम्मेवारीसहित एमालेमा सात जना उपाध्यक्ष राख्न सुझाव

काठमाडौँ - नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पदाधिकारी संख्या हेरफेर गर्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टी केन्द्रीय कमिटीको जारी बैठकमा सदस्यहरूले यस्तो सुझाव दिएका हुन् ।
१५-१७ असोजमा ललितपुरमा हुन गइरहेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत गरिने रनजनीतिक प्रतिवेदन, संगठनिक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गर्दै सदस्यहरूले पार्टीमा रहेका ‘हाइ प्रोफाइल’ नेतालाई सम्मानजनक रूपमा राख्नुपर्ने भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।
ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शनिबार जारी बैठकमा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिवमा सात, सात जना रहनुपर्ने सुझाव प्राप्त भएको हो ।
विधान महाधिवेशनमा पेश गरिने ती प्रतिवेदन र प्रस्तावमा छलफल गर्न शुक्रबार १० वटा समूह बनाएर शनिबार (आज)सम्म छलफल भएको हो । ‘पार्टी पदाधिकारीमा सात जना उपाध्यक्ष राखेर प्रदेश इन्चार्जकोसमेत जिम्मेवारी दिन सुझाव प्राप्त भएको छ,’ महासचिव ईश्वर पोखरेलनिकट एक नेताले बताए ।
हालको विधान संशोधन प्रस्तावमा उपाध्यक्षमा तीन जनामात्रै रहने उल्लेख छ । ७० वर्षे उमेर हद राखिए पनि केपी ओली अध्यक्षमा दोहोरिने देखिएकाले एमालेमा ओलीजत्तिकै योगदान गरेका र पोर्टफोलियोका रूपले समानजस्तै रहेका नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूलाई उपाध्यक्ष र प्रदेश इन्चार्जको जिम्मेवारी दिनलाई केन्द्रीय सदस्यहरूले पहल गरेका हुन् । ओली आगामी १० फागुनमामात्र ७० वर्ष पुग्दैछन् ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया