केपी ओलीलाई अब धुलो चटाइदिन्छौंः माधव नेपाल

हेटौंडा : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको निर्वाचनमा केपी शर्मा ओलीलाई धुलो चटाइदिने बताएका छन् । एमाले विभाजनसँगै एकीकृत समाजवादी चम्किलो ताराको रूपमा उदाउँदै आएको भन्दै आगामी चुनावमा ओलीलाई धुलो चटाइदिने उनले बताए ।
देशमा ओलीले आफूलाई चुनौती दिने कोही पनि नभएको भन्ठाने पनि आफुहरूले ओलीलाई चुनौती दिएको अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले सबै कार्यकर्ताले कार्ल माक्स, लेनिनवाद र कम्युनिष्टको इतिहास पढ्नुपर्ने भन्दै सबैले बुझ्न जरुरी रहेको बताए ।
शनिबार हेटौंडामा एकीकृत समाजवादी मकवानपुरको जिल्ला कार्यसमितिको शपथ ग्रहण तथा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीलाई एमाले पार्टी भन्दा फरक पार्टीको रूपमा विस्तार गर्ने बताए । गफाडीको पार्टी, हुकुमे शैलीको पार्टी नबनाउने भन्दै सामुहिक रूपमा अघि बढ्ने बताए ।
उनले पार्टीलाई स्वाभीमानीको पार्टीको रूपमा अघि बढाउन चाहेको बताएका छन् । अध्यक्ष नेपालले दुई तिहाइको सरकार हुँदा ओलीले सबैलाई मिलाएर लगेको भए कति राम्रो हुने भन्दै, हुकुमेशैलीमा आफू बाहेक कोही नेतालाई नगनेर तानाशाही प्रवृती देखाएको बताए ।
अध्यक्ष नेपालले आफ्नो कार्यकर्ताले पसिना बगाएर काम गरेर आफ्नो जीवन निर्वाह गर्न आग्रह गरे । कृषि, उद्योग, सहकारी, व्यापार जुन चिजमा लागे पनि आफ्नो जीवन धान्ने काम गर्नुपर्ने उनको भनाइ छ । पार्टी स्कुल स्थापना गर्न लागिएको भन्दै नेपालले पार्टी विस्तार गर्दै जिल्ला, नगर, वडा हुँदै टोलटोलमा पार्टीको कार्यक्रम पुगिरहेको बताउँदै छिट्टै जनवर्गीय संगठनहरू गठन हुने बताए ।
नेकपा एकीकृत समाजवादी सुदुपश्चिम प्रदेशमा ठुलो पार्टीको रूपमा उदय भएको, प्रदेश-२ मा एमालेलाई २ नम्बरमा झार्दै १ नम्बरमा उक्लिएको, बागमतीमा छिट्टै आफ्नो सरकार निर्माण हुने नेपालले बताए । यसैगरी गण्डकी र लुम्बीनी प्रदेशमा पनि समाजवादीको बलियो उपस्थिति देखिएको उनले बताए ।
उनले पार्टीमा क्षमताअनुसारको जिम्मेवारी प्रदान गर्ने भन्दै कुनै पनि कुरा असम्भव नभएको बताए । युवा पुस्ताहरूलाई जुझारु रूपले पार्टीमा लाग्न नेपालले निर्देशन दिए । आगामी चुनावमा केन्द्रबाटै गठबन्धनको चुनावी टिम बन्ने र त्यो प्रदेश हुँदै स्थानीय तहसम्म जाने बताए । अहिले त्यसको लागि केन्द्रमा गठबन्धनको छलफल चलिरहेको नेपालको भनाइ छ ।
समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले प्रतिनिधि सभाका १४ सांसदलाई संसद्मा नारा लगाएर ओलीले निकाल्न नसक्ने दाबी गरे । संसद्बाट निकाले १ सय ६० सांसदहरूले ओलीलाई संसद्बाट निकाल्न नारा लगाउने चेतावनी दिए । ओलीले पार्टी भन्दा पनि व्यक्तिवादी चरित्र देखाएको भन्दै पार्टी जिन्दावाद नभनेर केपी जिन्दाबाद भन्न सिकाएको बताए ।
नेपालको राजश्वमा थुतुनो गाड्न बसेका मुसाहरू अहिले विरालो आएपछि भागभाग भएको पनि नेता खतिवाडाले बताए । सत्तालिप्त आफूहरू नभएको भन्दै बागमती प्रदेशमा दशै अघि नै पूर्व हुनको लागि केपीले मन्त्रिपरिषद् विस्तार गरेको, राजनैतिक नियुक्त गरेको उनले बताए ।
समाजवादी मकवापनुरको अध्यक्षमा श्रीधर पोखरेललगायत जिल्ला कार्यसमितिलाई केन्द्रीय अध्यक्ष नेपालले शपथ खुवाएका थिए । सामाजवादी पार्टी मकवापनुरको युवा संघ, अनेमसंघ, हेटौंडा नगर कमिटी शनिबार घोषणा भएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया