एन्ड्रोइडले 'हेडअप' फिचर ल्याउँदै

काठमाडौँ - गुगलको एन्ड्रोइड १२ फुल भर्सन सार्वजनिक हुन अझै केही महिना बाँकी छ । गुगलको स्वामित्वमा रहेको एन्ड्रोइडमा गुगलले नयाँ विशेषताहरु सार्वजिनक गर्दै आएको छ । एन्ड्रोइडको १२ आगमनसँगै नयाँ नयाँ विशेषताहरु थपिन थालेका छन् ।
गुगलले एन्ड्रोइडका लागि ‘हेड्स अप’ भन्ने नयाँ फिचर थप गरेको छ। यो फिचर एन्ड्रोइडको बिटा भर्सनमा देख्न सकिन्छ। एन्ड्रोइड १२ सँग यो फिचर सबै प्रयोगकर्ता डिभाइसमा दिने योजनामा गुगल रहेको बताइएको छ । हेडअप फिचरले बाटोमा हिँड्दा मोबाइल प्रयोग नगर्न नोटिफिकेसन दिन्छ । यदि तपाईंले हिँड्दा घोप्टो परेर मोबाइल चलाउदै हुनुहुन्छ भने तपाईंलाई ठाडो रहन र मोबाइल बाटामा नचलाउन सूचना दिन्छ ।
नयाँ फिचरका रूपमा गुगलले अपाङ्गमैत्री केही विशेषताहरु समेत ल्याएको छ । फेसियल जेस्चरबाट फोन कन्ट्रोल गर्न सकिने जनाएको छ । कम आँखा देख्ने तथा आँखा देख्न नसक्नेहरुका लागि लेखिएको म्यासेज चिन्न सकिने विशेषता ल्याएको छ । यसले आँखा कम देख्ने तथा देख्न नसक्नेहरुलाई सहयोग गर्ने छ ।
फेसियल जेस्चरले मोबाइलमा तपाईंको मुखमा देखिएको हाउभाउ अनुसार कार्य गर्ने जनाएको छ । तपाईंले मुख खोल्दा क्यामेरा खुल्ने, आँखा झिम्काउँदा फोटो खिच्न मिल्ने विशेषता हुने बताइएको छ ।
एन्ड्रोइड १२ आफूलाई मन लागेको जेस्चरहरु प्रयोग गरेर डिभाइस कन्ट्रोल गर्न सकिन्छ । म्युजिक सुन्न, कल गर्न आदि जस्ता कुराको लागि छुट्टा छुट्टै जेस्चर प्रयोग गर्न सकिन्छ ।

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_ITi2V7MAEA_tufkx7wel0rll9wdycyb4jqozd7u5ukxuzopjrtobbb1ktymfyc5x1hgghpz.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया