पुराना नेतालाई सम्मानपूर्वक पार्टीको नेतृत्वबाट बिदाइ गर्नुपर्छ: प्रकाशमान सिंह
सत्तारुढ गठबन्धन दलकै कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुराना नेतालाई सम्मानपूर्वक पार्टीको नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको विश्वास गुमाइसकेपछि नेतालाई बारम्बार पदमा पुर्याउने काम गर्न नहुने उनले बताए । 'राजनीति भनेको सेवाको क्षेत्र हो, मेवा खाने क्षेत्र होइन' नेता सिंहले भने, 'अब पुराना नेताहरूलाई सम्मानपूर्वक पार्टीको नेतृत्वबाट बिदाइ गर्नुपर्छ। पुराना नेताहरूलाई सम्मानजनक रूपमा नेतृत्वबाट बाहिर पठाएर नयाँ नेताहरूले नेतृत्व लिएर जनतामा आश जगाउनुपर्छ ।' पदमा पुगेर केही काम नगर्ने नेतालाई बिदा गर्नुपर्ने उनको भनाइ थियो ।
उनले सत्तारुढ गठबन्धन दलकै कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताए। सत्ता घटक पार्टीहरूकै कारण मन्त्रिपरषद्ले पूर्णता पाउन नसकेको उनको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए ।
'२५ सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने छ । त्यसले पूर्णता पाएको छैन,' उनले भने, 'घटक पार्टीहरूकै कारण, नयाँ पार्टी गठन भएकाले मन्त्रिपरषद्ले पूर्णता पाउन सकेको छैन । सिंहले भने, 'उहाँहरूको अदालतमा मुद्दा छ । गठबन्धन दलहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएको हो । प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्यो ।'
नेपालमा लगानी गर्नेका लागि स्रोत नखोज्ने र सेनिटरी प्याडमा कर लगाउने सरकारको योजनामा पनि सिंहले प्रश्न उठाए । उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले यस्ता निर्णयमा ध्यान दिएर हेर्नुपर्ने बताए । सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल भएकाले यी योजनामाथिका प्रश्न कांग्रेसलाई आउने उनको भनाइ थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया