बिओपी निर्माणपछि सीमा क्षेत्रमा चोरी तस्करी घट्यो

कैलाली - सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) निर्माणपछि सीमा क्षेत्रमा चोरी तस्करी, अतिक्रमणलगायतमा कमी आएको स्थानीयले बताएका छन्। सुदूरपश्चिम प्रदेश भरिमा भारतसँग सीमा जोडिएका कैलाली, कंचनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा निर्माण भएका २१ ओटा बिओपी पोस्टहरूमा खटिएका सशस्त्र प्रहरीले सीमा सुरक्षा, सीमा अतिक्रम, पिल्लरको सुरक्षालगायत चोरी तस्करी नियन्त्रणमा उल्लेख्य भूमिका खेलेको स्थानीयले बताएका हुन् ।
सशस्त्र प्रहरीले कैलालीमा ११, कंचनपुरमा ६, डडेल्धुरामा १, बैतडीमा १ र दार्चुलामा २ गरी २१ स्थानमा बिओपी पोस्टहरू निर्माण सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका सुचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए । भारतसँग सीमा जोडिएका कैलालीमा १०१ किलोमीटर, कंचनपुरमा १२६ किलोमीटर, डडेलधुरामा ४३ किलोमीटर, बैतडी ६१ र दार्चुलामा १०७ किलोमीटर सीमा क्षेत्रको सशस्त्र प्रहरीले निगरानी गरिरहेको बताउदै सूचना अधिकारी बुढामगरले सीमा सुरक्षा, चोरी तस्करी, सीमा अतिक्रम लगायतका काममा आफ्नै भवनबाट सेवा लिन पाउँदा केही सहज भएको बताए । कैलालीको भजनी नगरपालिका ५ का नरेन्द्र साउदले सीमामा सशस्त्र प्रहरीको उपस्थितिपछि चोरी तस्करी, सीमा अतिक्रमण नियन्त्रण आएको बताए ।

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया