हार्डवेयर गोदाममा प्रहरीको छापा, ठूलो परिणाममा मन्दिरका पुराना घण्टी बरामद

कैलाली - कंचनपुर प्रहरीले भक्तजनले मन्दिरमा चढाएको घण्टी बेचेको भन्दै महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी हार्डवेयरमा छापा मारेर ठूलो परिणाममा घण्टी नियन्त्रणमा लिएको छ । मन्दिरमा चढाएका पुराना घण्टी बिक्री गरेको सूचनाको आधारमा पुगेको प्रहरीले ठकुराठी हार्डवेयरमा छापा मारेर ठूलो परिणाममा घण्टी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।
प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा भीमदत्त नगरपालिका–१५ का ५८ वर्षीय पदक कोली र बजारमा डेरी गरी बस्ने बैतडीका ३८ वर्षीय धनीराम टमटा रहेका छन् ।
गोदाम साहू र यहाँको सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने बताए । व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन् । नियन्त्रणमा लिएका घण्टीमा भक्तजनहरूको नाम लेखेको पाइएको बताउदै डिएसपी न्यौपानेले थप अनुसन्धान भैरहेको बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया