छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं - छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । काठमाडौँ, सिरहा र कपिलबस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका-९ एयरपोर्टस्थित सडकमा बा ७४ प २५३५ नम्बरको मोटरसाइकललाई प्रदेश ३-०१-००५ ख ९७५६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ घुँगीबेसी-५ घर भएका ३० वर्षीय सबिन पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान बसको ठक्करबाट गम्भीर घाइते भएका उनको सिनामंगलस्थित केएमसी अस्पतालतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको प्हरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा, लहान नगरपालिका-१२ भोटिया चोकमा स १० प ६७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक लहान नगरपालिका-२० बस्ने २१ वर्षीय विवेक साहको शुक्रबार मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
उक्त मोटरसाइकलले पदैलयात्री सिरहा लक्ष्मुपुरपतारी गाउँपालिका-६ बस्ने ७० वर्षीया दुखीलाई ठक्कर दिई ना ६ ख १६१८ नम्बरको रोकी राखेको ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको हो । साथै ठक्करबाट घाइते भएकी दुखीको लहानस्थित धमिनी पोलिक्लिनिकमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, शिवराज नगरपालिका-१ रेन्जर पोष्ट नजिक पूर्वपश्चिम राजमार्गमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ७५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

प्रतिक्रिया