सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिका–४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र स्थानीयवासीसँग छलफल थालिएको छ ।
प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले कार्यालय स्थापनाका लागि पहल थालेका हुन् । 'नगरपालिकाले जग्गा उपलब्ध गराए ६ महिनाभित्र प्रिफ्याब भवन निर्माण गछौँ, ट्रायल सेन्टरसहितको यातायात कार्यालय स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ,' उनले भने । नगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसके काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगकै अन्य नगरपालिकामा यातायात कार्यालय स्थापना गरिने उनको भनाइ थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु सिम्खडा पुडासैनीले जग्गा व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको बताए । गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले कागेश्वरीमा यातायात कार्यालय स्थापना गर्न जग्गाको व्यवस्था नभए आफ्नो वडामा पहल गर्न तयार रहेको बताए ।
उक्त क्षेत्रमा कार्यालय स्थापना गर्न सकेमा बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरका साथै यस क्षेत्रमा सीमा जोडिएका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरका बासिन्दा लाभान्वित हुने देखिन्छ । रासस

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

प्रतिक्रिया